नेभिगेशन
पूर्वाधार

नेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौँ । २०८३ साउन ४  नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र चीन सरकारको साझेदारीमा Strengthening Agrifood Systems in Nepal परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ। 
२४ महिने यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु-उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको दाबी गरिएकाे छ।

चीनको Global Development and South-South Cooperation Fund को आर्थिक सहयोग रहेको यस परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु-स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने जनाइएको छ।
काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने यस परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ। साथै, महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु-अनुकूलन क्षमता सुदृढ पार्ने कार्यक्रम रहेको छ।
यस सहकार्यले अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परियोजनाकाे सुरुवात गर्दै  कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

Ncell
Extreme Energy

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ,  FAO का प्रतिनिधि केन शिमिजु, एफएओ पिएसटीकी निर्देशिका हुआ याङलगायत उच्च अधिकारी, संघीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान संगठन र सरोकारवालाहरूको सहभागिता थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।

भर्खरै