नेभिगेशन
नेताका कुरा

विज्ञापन क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रुपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल विज्ञापन संघसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विज्ञापन क्षेत्रको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भने, “विज्ञापन क्षेत्रलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो । गलत अभ्यास र दुरुपयोग हुन नदिन निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ । नियामक निकायलाई पनि काम गर्न सक्दिन भन्ने छुट छैन ।”

Ncell
Extreme Energy

सञ्चारमन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा ठूलो अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।