नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी (सूचीसहित)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जनालाई जिम्मेवारीबाट हटाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो अर्थात माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई जिम्मेवारीबाट हटाएको प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराएका छन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीको निर्देशनबमोजिम उनीहरुको योगदानको उच्च कदर गर्दै माघ १ गतेबाट लागू हुनेगरि सेवाबाट बिदाई गरिएको उनले बताएका छन् । जिम्मेवारीबाट हटाइएकाहरुमा स्वकीय सहसचिव नारायण प्रसाद ढुंगाना, स्वकीय उपसचिव रमेश प्रसाद गुरागाईं, ओम कुमारी पौडेल, सावित्री कुमारी अधिकारी र कल बहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक वाशुदेव शर्मा र खड्ग योगी रहेका छन् । 

त्यस्तै कार्यालय सहयोगी अविनाश वाइवा साथै हलुका सवारी चालक रमेश प्रसाद घिमिरे र पवित्र बहादुर शाहीलाई समेत जिम्मेवारीबाट बिदाई गरिएको छ । 

प्रधानमन्त्री दाहालले आफ्नो १ वर्षे कार्यकाल पूरा भएको दिन आफू नयाँ शैलीले अघि बढ्ने घोषणा गरेका थिए । जसअन्तर्गत उनी कार्यालय समयमै सिंहदरबारस्थित कार्यालय पुग्नेदेखि टिम छाँटकाँटमा लागेका हुन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।