नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी (सूचीसहित)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जनालाई जिम्मेवारीबाट हटाएका छन् । 

हिजो अर्थात माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई जिम्मेवारीबाट हटाएको प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराएका छन् । 

Dish Home
Global Ime Bank

प्रधानमन्त्रीको निर्देशनबमोजिम उनीहरुको योगदानको उच्च कदर गर्दै माघ १ गतेबाट लागू हुनेगरि सेवाबाट बिदाई गरिएको उनले बताएका छन् । जिम्मेवारीबाट हटाइएकाहरुमा स्वकीय सहसचिव नारायण प्रसाद ढुंगाना, स्वकीय उपसचिव रमेश प्रसाद गुरागाईं, ओम कुमारी पौडेल, सावित्री कुमारी अधिकारी र कल बहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक वाशुदेव शर्मा र खड्ग योगी रहेका छन् । 

त्यस्तै कार्यालय सहयोगी अविनाश वाइवा साथै हलुका सवारी चालक रमेश प्रसाद घिमिरे र पवित्र बहादुर शाहीलाई समेत जिम्मेवारीबाट बिदाई गरिएको छ । 

प्रधानमन्त्री दाहालले आफ्नो १ वर्षे कार्यकाल पूरा भएको दिन आफू नयाँ शैलीले अघि बढ्ने घोषणा गरेका थिए । जसअन्तर्गत उनी कार्यालय समयमै सिंहदरबारस्थित कार्यालय पुग्नेदेखि टिम छाँटकाँटमा लागेका हुन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बसेको छ ।
रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

उहाँहरु जे शैली अवलम्बन गरिरहनुभएको छ, उहाँहरुले विरोध राखेको मुद्दाका बारेमा हामीलाई आपत्ति छैन । तर शैली गर्दा यो लोगो (संसदको लोगो) लगाएर हिड्न पनि आफैँलाई अपमानित गर्नुपर्ने...
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

आज दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा मेयर र उपमेयरबीच वडा नम्बर १६ मा ग्याबिन जाली राखिएको भुक्तानीबारे विवाद भएको थियो ।...
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

भर्खरै