नेभिगेशन
समाज

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

काठमाडौँ । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरुको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ ।

असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्री आवरण (इन्टेरियर)को काम जारी छ । पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो चरणमा २७ मध्ये ११ वटा र दोस्रो चरणमा बाँकी १६ वटा भवनको पुनर्निर्माण गर्ने गरी गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । 

Ncell
Extreme Energy

११ वटा भवन कामका लागि ८ करोड ६० लाख र बाँकी १६ वटाका भवनको पुननिर्माणका लागि १५ करोड ४९ लाखमा सम्झौता भएको थियो । यसबाहेक भवनको भित्री सजावट, फर्निसिङलगायत कामका लागि पनि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो । 

पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० सम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सक्नुपर्ने सम्झौता रहेको इन्जिनियर भुजेलले बताए ।

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् । 

वर्तमान सरकारका कतिपय मन्त्री निजी निवासमा बसेका छन् भने कतिपयले आफैं वैकल्पिक व्यवस्था गरेका छन् । यसैले पनि मन्त्रीहरुले आवास निर्माण समयमै सक्न ताकेता गरिरहेका छन् । पुनर्निर्माण सकिएका भवनको विद्युत, खानेपानीसहित इन्टेरियरको काम सकेर आवासको व्यवस्थापन गर्ने विकल्पमा पनि छलफल चलिरहेको उनले बताए ।

पुल्चोकस्थित पुरानो मन्त्री आवास साँघुरो भएपछि सरकारले २०७६ सालमा भैँसेपाटीमा नयाँ मन्त्री आवास निर्माण थालेको थियो । करिब ३ अर्ब लगानीमा निर्मित भवनमा २०८२ असारदेखि मन्त्रीहरु सर्न थालेका थिए । तर, प्रयोगमा आएको एक वर्षमै आन्दोलनमा सबै भवनमा आगजनीले क्षति पुग्यो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको...
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।