नेभिगेशन
मुख्य समाचार

ओलीको अपमान सहन नसकेर गुण्डुमै ढले जेएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति बागमती प्रदेशका सांसदहरूलाई भक्तपुर गुण्डुस्थित आफ्नै निवासमा बोलाए । अध्यक्ष ओलीले तुरून्तै गुण्डु आउन भनेपछि दलका नेता जगन्नाथ थपलिया (जेएन) सहित १८ सांसद ओली निवास गुण्डु पुगेका थिए ।

बागमतीमा नयाँ मुख्यमन्त्रीको विषयमा छलफल गर्न साँझ ७ बजे प्रदेशका सांसदहरू गुण्डुमा बोलाइएका थिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनअघि मात्रै बागमतीको मुख्यमन्त्रीको विषय टुंगिएको थियो । ओलीले नै दल नेता फेरिँदैन भन्दै थपलियालाई आश्वस्त पारेका थिए ।

Ncell
Extreme Energy

तर, सोमबार राति ओलीले फेरि मुख्यमन्त्रीकै विषय निकाले ।

छलफलमा सहभागी एक सांसदका अनुसार ओलीले थपलियालाई सुरूदेखि नै 'हप्कीदप्की' गरेका थिए ।

‘तपाईंले दलसमेत राम्ररी चलाउन सक्नुभएन, मुख्यमन्त्री के चलाउनुहुन्छ? बहुमत जुटाउन सक्नुहुन्छ?,’ भन्दै ओलीले केरकार गर्न थालेपछि जगन्नाथ अवाक् बनेका थिए ।

उनले ‘५०–५५ वर्षदेखि म यो पार्टीमा छु, नेतृत्वलाई सहयोग गर्दै आएको छु । पार्टीको इमान्दार सिपाहीकै रूपमा छु’ भन्दै  आफ्नो कुरा राखेका थिए ।

ती सांसदका अनुसार ओलीले थपलियाका धेरै कुरा सुन्न चाहँदैनथे । जगन्नाथले एउटा वाक्य पूरा गर्न नपाउँदै ओलीले थपिहाल्दा उनी असिनपसिन देखिएका थिए । तै पनि आफ्नो कुरा राखिरहेका थिए ।

अध्यक्ष ओलीले ‘जसले बहुमत पुर्‍याउँछ उही हो मुख्यमन्त्री’ भन्दै किरण थापामगरतिर अनुहार पुर्‍याएका थिए । ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन पनि थापामगरलाई हुने भन्दै अपमान नै गर्न थालेपछि जगन्नाथ थपलिया अचानक ढल्न पुगेको अर्का सांसदको दाबी छ ।

‘अध्यक्ष ओली सुरूदेखि नै जेएनलाई अपमान गर्ने गरी प्रस्तुत भएका थिए । लामो समय ओली समूहमै रहेको, पार्टीको नेतृत्वलाई सहयोग गर्दै आएको व्यक्ति हो जगन्नाथ । अध्यक्षले सबैका अगाडि अपमान गरेपछि ढल्न पुग्नुभएछ । अस्पताल लैजाँदा प्रेसर बढेको देखियो,’ ती सांसदले भने ।

काठमाडौं–९ का प्रदेश सांसद केशवप्रसाद पोखरेलले पनि जेएन गुण्डुमै रक्तचापका कारण ढलेको पुष्टि गरे ।

‘हिजो राति अबेरसम्म गुण्डुमा छलफल भएको हो । विषय मुख्यमन्त्रीकै थियो । जेएनले आफ्ना कुरा राखिनसक्दै ढल्नुभयो । अस्पताल पुर्‍याउँदा उहाँको रक्तचाप बढेको रहेछ,’ उनले भने ।

घटनापछि उपस्थित सांसदहरूले उनलाई मध्यपुर थिमी अस्पताल पुर्‍याएका थिए। उपचारपछि उनलाई आरामका लागि काठमाडौं ल्याइएको र हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनीनिकट नेताहरूले बताएका छन्।

प्रदेशमा मुख्यमन्त्री चयनलाई लिएर एमालेभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ। पार्टीभित्रको अध्यक्ष ओलीसहितको समूहले भक्तपुर–२ (क) बाट निर्वाचित सांसद किरण थापामगरलाई मुख्यमन्त्री बनाउन पहल गरिरहेको स्रोतहरूको दाबी छ।

यसमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल नेताहरू सहमत छैनन् ।

एमालेका केही नेताहरूका अनुसार किरण थापामगरको पक्षमा हस्ताक्षर संकलन पनि भइरहेको बताएका छन् । यसको संयोजन एमाले सचिव महेश बस्नेतले गरिरहेका छन् । केही दिनअघि बागमतीका इन्चार्जसमेत रहेका बस्नेतले गठ्ठाघरको जर्मन हाउसमा बोलाएर सांसदहरूको हस्ताक्षर गरेका थिए ।

प्रदेश सांसद आनन्दकुमार श्रेष्ठले दल नेता थपलियाको स्वास्थ्यमा समस्या भए पनि ढल्ने तहकै अवस्था भने नआएको बताए ।

‘मलाई पनि बोलावट थियो । तर कामले जिल्ला छु । हिजो छलफलमा रहेका दुवै पक्षलाई सोध्दा जेएन माननीयज्यूले औषधि खान बिर्सनुभएको थाहा भयो । अस्पताल लगेर औषधि दिएपछि उहाँ फर्किइसक्नुभएको छ,’ उनले भने ।

विषयलाई अतिरञ्जित बनाइएको उनले बताए ।

आफू एमाले अहिले सरकार बनाउने र भत्काउने खेलमा लाग्न नहुने पक्षमा रहेको भन्दै अब जसले सरकार बनाए पनि सन्देश राम्रो नजाने बताए ।
यसैबीच उपमहासचिव योगेश भट्टराईले मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । उनले कोशीका मुख्यमन्त्री हटाउन लागिएकोतर्फ संकेत गरेका थिए । पार्टीभित्र अनावश्यक रडाको मच्चाइएको टिप्पणी गर्दै यस्ता विषयमा पारदर्शी र संस्थागत ढंगबाट निर्णय हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले प्रदेश सरकारको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयमा पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेश कमिटी र संसदीय दलमा पर्याप्त छलफल नगरी अघि बढ्नु उचित नभएको बताएका छन्।

उनले नेकपाकाल (२०७४–२०७७) मा कर्णालीमा एमालेका वरिष्ठ नेताहरू हुँदाहुँदै मुख्यमन्त्री माओवादीलाई दिइएको, त्यसपछि पटक–पटक कांग्रेस र माओवादीबीच नेतृत्व फेरिए पनि एमालेले बहुमत जुटाइदिने भूमिकामै सीमित रहनुपरेको स्मरण गरेका छन् ।

विष्टले पछिल्लो पटक एमाले–कांग्रेस गठबन्धन बनेपछि कर्णालीको नेतृत्व एमालेले लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको उल्लेख गरेका छन् । कँडेलको नेतृत्वमा कर्णाली सरकारले बजेट निर्माण, कार्यान्वयन र सुशासनका क्षेत्रमा सकारात्मक काम गरेको भन्दै उनले अहिले कँडेल र कर्णाली प्रदेश पार्टीलाई नै ‘सजाय’ दिन खोजिएको जस्तो देखिएको टिप्पणी गरेका छन् ।

उनले बाँकी प्रदेशका मुख्यमन्त्रीहरू यथावत राखेर केवल कोशी प्रदेशमा नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद सिर्जना गर्नुको औचित्यमाथि पनि प्रश्न उठाएका छन्। कसैलाई मुख्यमन्त्री बनाउनु परे स्पष्ट कारण र तर्कसहित पार्टीका सम्बन्धित निकायमा छलफल गरेर निर्णय गर्न सकिने भए पनि ‘साटासाट, ठोकाठोक र शक्तिको भाषा’ प्रयोग गरिएको उनको आरोप छ ।

‘एउटाका लागि एउटा मापदण्ड र अरूका लागि फरक–फरक मापदण्ड किन? प्रदेश सरकार र मुख्यमन्त्रीको विषय गिजोलेर के पौरखा गर्न खोजिएको हो?,’ भन्दै विष्टले पार्टी नेतृत्वसँग प्रश्न गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विधानको विषयमा गणेश कार्कीले लिखित असहमति बुझाएका हुन् ?

विधानको विषयमा गणेश कार्कीले लिखित असहमति बुझाएका हुन् ?

साउन १३ गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि बसेको पहिलो बैठकमा विधानमा 'छेडखानी' गरिएको भन्दै कुरा उठ्यो ।
दुर्घटनामा घाइते सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ

दुर्घटनामा घाइते सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ

बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन् ।
गुण्डु घटनाबारे महेशको प्रष्टीकरण– जेएन बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

गुण्डु घटनाबारे महेशको प्रष्टीकरण– जेएन बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती संसदीय दल नेता जगन्नाथ थपलिया ढलेकोबारे प्रष्टीकरण दिएका छन् ।
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।