नेभिगेशन
नेताका कुरा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

काठमाडौँ । रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शर्माले कोही कसैले फाटो ल्याउने प्रयास गरिरहे पनि त्यो सम्भव नहुने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच फाटो खोज्ने दुस्साहस पनि भइरहेको छ । अहँ यो सम्भव छैन । किनभने उहाँहरू एउटै शरीरका दुई हात हुनुहुन्छ । कसैले प्रयास नगर्नुस, यो सम्भव छैन ।’
सांसद शर्माले पछिल्लो समय सरकारालई कमजोर देखाउने नियतले सुनियोजित रूपमा समाचारहरू फैलाइएको दाबी पनि गरे ।

Ncell
Extreme Energy

सरकारलाई असफल बनाउन खोज्नेहरू वास्तवमा जनमत र आकांक्षाको विरुद्धमा उभिएर देशलाई अस्थिर बनाउन खोज्नेहरू भएको दाबी गरे । उनले भने– हामी स्पष्ट छौंँ, यो शक्तिशाली जनमत प्राप्त सरकार हो, यो सरकार असफल हुँदैन।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै