नेभिगेशन
पूर्वाधार

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिर)

पोखरा । स्थानीयको पटकपटकको दबाबपछि अन्ततः पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ ।

1-Harichowk-Yamdi-Road-1784869270.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२-२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो । ०८१ साल असार १५ ९राष्ट्रिय धान दिवस० मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए ।

Marvel
Extreme Energy

2-Harichowk-Yamdi-Road-1784869270.jpg

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो ।

०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लोपटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो ।

3-Harichowk-Yamdi-Road-1784869273.jpg

03-Harichowk-Yamdi-Road-1784869273.jpg

06-Harichowk-Yamdi-Road-1784869277.jpg

07-Harichowk-Yamdi-Road-1784869278.jpg

04-Harichowk-Yamdi-Road-1784869275.jpg

4-Harichowk-Yamdi-Road-1784869275.jpg

09-Harichowk-Yamdi-Road-1784869280.jpg

08-Harichowk-Yamdi-Road-1784869280.jpg

10-Harichowk-Yamdi-Road-1784869282.jpg

12-Harichowk-Yamdi-Road-1784869282.jpg
तस्बिरः अर्जुन गाहारनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...