नेभिगेशन
समाज

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।

७० वर्षीय लालबीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार प्रहरी टोली पैदल यात्रा गरी घटनास्थलतर्फ गइरहेको छ । बाटो अवरुद्ध भएकाले सवारी चल्न सकेको छैन । 

Ncell
Extreme Energy

प्रहरीकाअनुसार राति पहिरोले घर पुर्दा अन्य सदस्य बाहिर निस्किए पनि ७० वर्षीय लालबीर भित्रै पुरिएका थिए ।

'उहाँलाई मृत अवस्थामा निकालेको भन्ने छ । स्थानीयसँग प्रहरीले सम्पर्क गर्दा यो सूचना आएको छ । ठाउँ ठाउँमा बाटो अवरुद्ध सवारी साधन नजाने भएकाले प्रहरी पुगिसकेको छैन । अब केही समयपछि पुग्छ,' सूचना अधिकारी तिमिल्सिनाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...