नेभिगेशन
पूर्वाधार

देशकै पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्‍घाटन (तस्बिरहरू)

आजबाट गुड्न पाउनेछन् अत्यावश्यक सवारीसाधन

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्‍घाटन गरेका छन् । सुरुङमार्ग उदघाटनमा जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको पनि उपस्थिति थियो । 

राजधानी भित्रने र बाहिरिने यातायातलाई सहज बनाउने यस सुरुङ मार्गको सञ्चालन आजैदेखि आधिकारिक रूपमा सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सुरुङ मार्ग निर्माणको काम नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्ग आयोजनाका रूपमा २०७६ कात्तिक ४ गते शिलान्यास गरी सुरु गरिएको थियो। लामो समयको तयारी र निर्माण चरण पार गर्दै अन्ततः यो परियोजना आजबाट सञ्चालनमा आएको हो ।

Ncell
Extreme Energy

आजबाट अत्यावश्यक सेवाका (दमकल, एम्बुलेन्स लगायत) सवारीमात्र सुरूङबाट गुड्न पाउने छ । टोल लगायत काम बाँकी रहेको र सुरुङ सञ्चालनका लागि कर्मचारीहरू पनि अभ्यस्त हुन समय लाग्ने भएकाले सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने छैन ।

सुरुङ मार्ग प्रयोग गरेवापत विभिन्न प्रकारका सवारी साधनका लागि शुल्क निर्धारण गरिएको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, मिनीबस र मिनी ट्रिपर वा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ ।

यसैगरी, बस र सिंगल रियर एक्सल भएका ट्रकको हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने मल्टी एक्सल ट्रक, अन्य ठूला सवारी साधन र भारी उपकरणका लागि काठमाडौं प्रवेशमा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

तर, नागढुंगा सुरुङ मार्ग सञ्चालन तथा मर्मत एकाइकी जिज्ञाषा अधिकारीका अनुसार सुरक्षा सतर्कताका कारण दुई पाङ्ग्रे सवारी साधन, तरल र ग्यास इन्धन बोकेका सवारी, पशुपंक्षी बोक्ने सवारी तथा बम र बारुद ओसारपसार गर्ने सवारी साधनहरूलाई भने यस सुरुङ मार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

Naagdhunga-Tunnel-_-64-1785129404.jpg

Naagdhunga-Tunnel-_-62-1785129402.jpg

Naagdhunga-Tunnel-_-63-1785129402.jpg

Naagdhunga-Tunnel-_-59-1785129399.jpg

Naagdhunga-Tunnel-_-60-1785129400.jpg

Naagdhunga-Tunnel-_-58-1785129398.jpg

Naagdhunga-Tunnel-_-56-1785129397.jpg

Naagdhunga-Tunnel-_-54-1785129395.jpg

Naagdhunga-Tunnel-_-55-1785129395.jpg

Naagdhunga-Tunnel-_-58-1785129333.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै