नेभिगेशन
सबै कुरा

के होला कोशी सरकार ? आज टुंगो लाग्ने

१५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत विरुद्ध परेको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन भएको छ । 

Ncell
Extreme Energy

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च पुगेका थिए । 

कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका थिए ।

उक्त मुद्दाको आज पूर्ण सुनुवाइ हुँदैछ । भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै दिर्घकालिन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन इस्राइल मन्सुरीले र गीता तिम्सिनाले पालैपालो सभाको अध्यक्षता गरेका थिए । दुवै जनाले थापालाई विश्वासको मतसमेत दिएका थिए ।

यसअघि सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट बहुमत जुटाएर मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएपछि पुन सभामुखलाई राजीनामा गराएर कांग्रेसमाओवादीनेकपा एस र जसपाको गठबन्धनले सरकार बनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।