नेभिगेशन
नेताका कुरा

९ राजनीतिक दलको संयुक्त अपिल– आवेग र मुठभेडले समस्याको समाधान दिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार भएको सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिबारे गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।

पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै वक्तव्यमा सदियौंदेखि कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन आम नागरिकहरूमा हार्दिक अपिल गरिएको छ । आवेग र मूठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति सबै सचेत हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

Ncell
Extreme Energy

लोकतान्त्रिक प्रणालीमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव हुने स्पष्ट पार्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न आह्वान गरिएको छ ।

समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने ठहर गर्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गरिएको छ । स्थानीयस्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता औंल्याइएको छ ।

भविष्यमा देशका कुनै पनि भू–भागमा यस्ता प्रकृतिका दुःखद घटनाहरू दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहले आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाललगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले स्थितिलाई थप भयावह बनाउन सक्नेतर्फ सचेत गराउँदै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गरिएको छ । साथै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गरिएको छ ।

नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व रहेको स्पष्ट पार्दै अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न दृढ संकल्पित रहेको वक्तव्यमा उल्लेख छ ।

758943855_1301867728688911_3295075850936467952_n-1785306300.jpg

759664131_1344908573929764_2569349439371376220_n-1785306300.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विकास आयोजनाको अवरोध तथा ढिलाई हटाउन पूर्वाधार अदालत गठन गर्ने विधेयक तयार

विकास आयोजनाको अवरोध तथा ढिलाई हटाउन पूर्वाधार अदालत गठन गर्ने विधेयक तयार

मन्त्रालयले मस्यौदामाथि आवश्यक सुझावका लागि सर्बोच्च अदालत, राष्ट्रिय योजना आयोग, पूर्वाधार विकास मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालयमा...
हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन हरिनगर गाउँपालिकामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।