नेभिगेशन
नेताका कुरा

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जवाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

‘विधान संशोधनबारे छानबिन समिति बनाउने भए महाधिवेशनमा लिस्ट बाँड्ने को हुन्, तिनीहरूमाथि पनि अनुसन्धान गरौं’

काठमाडौं । महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न उठाएपछि सभापति रवि लामिछानेले नियतमाथि शंका नगर्न जबाफ दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय गणेश र डा. तोसिमाले विधान संशोधनको विषयमा समिति नै बनाएर छानबिन गर्नुपर्ने आवाज उठाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जबाफमा रवि लामिछानेले आफ्नो परिवारका सदस्य (केन्द्रीय समिति) माथि आफूले अविश्वास गर्न नसक्ने बरु नैतिक जिम्मेवार आफैलाई ठहर्‍ याउन भनेका थिए ।

Ncell
Extreme Energy

‘म मेरा परिवारका सदस्यहरूलाई अविश्वास गर्न सक्दिनँ । कसैले त्यस्तो नियत राख्यो होला भन्ने पनि ठान्दिनँ । नैतिक रूपमा मलाई नै जिम्मेवार ठहर्‍याउनुहुन्छ हुन्छ भने ठहर्‍याउनुस्,’ सभापति लामिछानेले भनेका थिए ।

उनले नियतमाथि शंक नगर्न पनि बारम्बार आग्रह गरेका थिए । कसैलाई शंका छ भने अर्को पाँच वर्ष पनि त्याग गर्न आफू तयार रहेको बताएका थिए ।

‘मेरो नियतमाथि शंका नगर्नुहोस् । कसैलाई शंका छ भने कागज ल्याउनूस्, म अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु,’ सभापति लामिछानेले भनेका थिए ।

कार्कीद्वयले विधान संशोधन गरिएको भन्दै लगातार आवाज उठाएपछि केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल लगायत केन्द्रीय सदस्यहरूले प्रतिवाद गरेका थिए ।

धिताल लगायतले विधान संशोधन आशंकामा छानबिन समिति बनाउने नै हो भने महाधिवेशनमा ‘बालेन समूह’ भन्दै लिस्ट बाँड्ने, उम्मेदवार खडा गरी गुटबन्दी गर्नेहरूमाथि पनि छानबिन हुनुपर्ने बताएका थिए ।

‘समायोजनपछि सभापतिज्यू दुवै पार्टी एक भयौं, यहाँ कोही फरक समूहका छैनन् । रास्वपा परिवार एक भयौं भन्दै सभापतिज्यू घोक्रो सुकाउँदै हिँड्ने, वरिष्ठ नेता पनि गुटबन्दी नगरौं भन्ने । तर महाधिवेशनमा आफूखुसी सूची बाँड्ने को हुन् ? कसले गरिरहेछ नेतृत्वको भावनाविपरीतको गुटबन्दी? तिनीहरूमाथि पनि छानबिन गरौं,’ धिताललगायतले प्रतिवाद गरेका थिए ।

विधि, मूल्य र स्थापित मान्यताविपरीत विधान संशोधन गरिएको भन्न नछाडेपछि केही केन्द्रीय सदस्यले विधिको आफूलाई पायक पर्ने गरी व्याख्या नगर्न चेतावनी दिएका थिए ।

‘विधि भनेको पार्टीको मूल्य हो । आफूअनुकूल व्याख्या गर्ने कुरा होइन । आफूलाई पायक पर्ने गरी कुरा गर्नु पनि विधि होइन । गुटबन्दी गर्नु कहाँको राजनीतिक संस्कार हो, विधि हो, परम्परा हो ?,’ केन्द्रीय सदस्यले प्रतिवाद गरेका थिए ।

बुधबार बसेको बैठकले प्रधानमन्त्री बालेन शाहलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको छ । विधानमा व्यवस्था भएअनुसार सभापति लामिछानेले बालेनलाई वरिष्ठ नेता मनोनीत गरेको जानकारी बैठकलाई गराएका थिए । बैठकले अनुमोदन गरेको थियो ।

बैठकले निर्वाचित सात जना पदाधिकारी रहेको सचिवालय गठन गरेको छ ।

त्यस्तै बैठकमा सभापति लामिछानेले अबको ७–८ दिनभित्र प्रवक्ता मनोनीत गर्ने बताएका छन् । रास्वपा विधानअनुसार प्रवक्ता, कोषाध्यक्ष सभापतिले मनोनीत गर्न सक्नेछन् ।

आजको बैठकमा केही सदस्यहरूले सरकारको कामकारबाहीबारे पार्टी अनभिज्ञ रहेको, सरकारले गरिरहेको काम पार्टीलाई थाहा हुनुपर्ने, त्यसो भएमात्रै अपनत्व लिन सजिलो हुनुपर्ने धारणा राखेपछि बैठकले सरकारका मन्त्रीहरू पार्टी (केन्द्रीय समिति) प्रति पनि उत्तरदायी हुनुपर्ने निर्णय गरेको छ ।

बैठकमा महाधिवेशनको व्यवस्थापन चुस्त, व्यवस्थित नभएको भन्दै यसबारे समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । केही सदस्यहरूले उपसमितिमा रहेकाहरू भोट माग्न व्यस्त रहँदा व्यवस्थापन फितलो बनेकाले सबै जबाफदेही हुनुपर्ने र जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए ।

आजको बैठकले आत्महत्या, आत्मदाह जस्ता घटना सामाजिक सञ्जालमा सेयर नगर्न पार्टी केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...