नेभिगेशन
नेताका कुरा

दुई सातापछि बस्दै प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री उपस्थित होलान ?

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयकाअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्दैछ । 

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

प्रतिनिधि सभा बैठक ३१ असारदेखि स्थगित छ । सांसदहरुलाई क्षेत्र जानको लागि सभामुख अर्यालले १४ दिन छुट्टी दिएका थिए । 

आज बस्ने बैठकको पूर्वसन्ध्यामा सभामुख अर्यालले सदनलाई प्रभावकारी र मर्यादित बनाउन प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, कानुनमन्त्री सोविता गौतम, कांग्रेस र एमालेका संसदीय दलका नेता भिष्मराज आङ्देम्बे र रामबहादुर थापा बादल, संसदमा प्रतिनिधित्व ६ वटै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । 
 
यता बैठकको पूर्वसन्ध्यामा सरकारले ९ वटा विधेयक संसदमा पेस गर्ने निर्णय क्याविनेटबाट गरेको छ । कानुन मन्त्री सोविता गौतमले बैठक सुरु हुना साथ १० वटा विधेयक संसदमा दर्ता गराउने बताएकी थिइन् । उनले सदनलाई बिजनेसको कमी नहुने बताएकी छिन् । 

प्रधानमन्त्री उपस्थित होलान ?

सभामुख अर्यालले बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहसँग भेट गरी प्रतिनिधिसभालाई सम्बोधन गर्न आग्रह गरेका छन् । सभामुखको आग्रहलाई सकारात्मक रुपमा लिँदै शाहले विचार गर्ने जवाफ दिएका छन् ।

सुनसरी घटनाको सन्दर्भमा समेत सम्बोधन गरी सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि आह्वान गर्न सभामुख अर्यालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । कुनै ठाेस जवाफ नदिइ विचार गर्छु भनेका प्रधानमन्त्री शाह आजकाे बैठकमा आउँछन कि आउँदैनन् तय भइसकेको छैन ।

तर सरप्राइज दिने शैलीका कारण प्रधानमन्त्री शाह सकारात्मक देखिएकाले आजको बैठकमा उपस्थित हुने अपेक्षा सत्ता पक्ष र सभामुखले गरेका छन् ।

विपक्षी दलहरुले सीमासम्बन्धी दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिनुपर्ने माग उठाइरहेका छन् । यसमा पनि लचिलो भएका छन् । प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्बोधन गर्दा सीमा सम्बन्धी अभिव्यक्तिलाई स्पष्ट पारिदिए पुग्ने माग उनीहरुको छ । 

यसैगरी बैठकको पूर्वसन्ध्यामा रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनामा सर्वदलीय बैठक राखेर सबै दलको एकीकृत धारणा बनाई सार्वजनिक गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...