नेभिगेशन
पूर्वाधार

ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार

काठमाडौं । थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेकाे छ । 

ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाे अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पाेलमा गुजुल्टाे परेर लत्रिएका तथा प्रयाेगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफाेन र टेलिभिजनका तार व्यवस्थापन गरिएकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए । उनले अवरुद्ध सेवा तत्काल सूचारू र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय पनि गरेका थिए । 

Ncell
Extreme Energy

फिल्डबाटै मन्त्री श्रेष्ठले सञ्चारमन्त्री विक्रम तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क गरेर साे क्षेत्रकाे तार हटाएका हुन् । 

मन्त्री श्रेष्ठले सम्बन्धित निकायकाे समन्वयमा सफलरूपमा तार व्यवस्थापन गरिएकाे र अन्य क्षेत्रमा पनि हटाइँदै जाने बताए । 

जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापन गरिने उनकाे भनाइ छ । 

मन्त्री श्रेष्ठले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे । 

मन्त्री श्रेष्ठले सञ्चार मन्त्रालय र सम्बन्धित निकायसँग मिलेर अव्यवस्थित तार हटाउन कार्यलाई तीव्रता दिएका छन् । सम्बन्धित निकायका पदाधिकारीलाई सँगै लिएर निरीक्षणमा जाने र फिल्डबाटै समन्वय गर्ने काम गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री डा तिमिल्सिना

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...

भर्खरै