नेभिगेशन
नेताका कुरा

बागमतीमा एमालेबाट मुख्यमन्त्री क-कस्को नाम छ चर्चामा?

काठमाडौं । नेकपा एमाले बागमतीमा तीन जना मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् ।

शनिबार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच तीन बुँदे सहमति भएर प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएसँग एमालेमा प्रतिस्पर्धा चुलिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनीको मुख्यमन्त्री एमालेले लिने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाको भागमा परेको छ । कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भइ शपथ खाइसकेका छन् । मन्त्री भने चयन भएका छैनन् ।

Ncell
Extreme Energy

बागमतीमा पनि सरकार गठनको गृहकार्य सुरु भएको प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले जानकारी दिए ।

११० सदस्यीय प्रदेश सभामा हाल १०४ कायम छन् । सरकार बनाउन ५३ जना सांसद आवश्यक पर्छ । प्रदेश सभाको दोस्रो ठूलो दल नेकपासँग २६ सांसद छन् । एमालेसँग २५ सांसद छन् ।

काठमाडौं–९ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य पोखरेलका अनुसार सरकार गठनका लागि गठबन्धनको मत नपुग्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल भइरहेको छ । राप्रपासँग १२ सांसद छन् ।

‘राप्रपासँग छलफल सकारात्मक छ । टुंगिने अवस्थामा पुगेको छ । राप्रपा सहमत देखिएकाले हामी पनि आन्तरिक छलफलमा छौं,’ उनले भने ।

उनले एमालेबाट तीन जनाको नाम चर्चामा रहेको र आफ्नो पनि दाबी रहेको बताए ।

‘म पनि सिनियरमध्ये हुँ । अहिले तीन जनाको नाम चर्चामा छ । यहाँको मुख्यमन्त्री छान्ने विषय प्रदेश संसदीय दलकै अधिकारको विषय बनाएर खुला छाडियोस् भनेर नेतृत्वलाई आग्रह गरेका छौं,’ उनले भने ।

बागमती प्रदेशको मुख्यमन्त्रीका अहिलेका दल नेता जगन्नाथ थपलिया, मन्त्री किरण थापा र पोखरेलको नाम चर्चामा छ ।

अध्यक्ष ओलीले थपलियालाई मुख्यमन्त्री बनाउन चाहेका छैनन् । उनको रोजाइ किरण थापा छन् ।

थापा तिनै हुन्, जसले अध्यक्ष ओलीलाई जेनजी आन्दोलनपछि गुण्डुमा बासको प्रबन्ध गरिदिएका थिए । उनी भक्तपुर २ (१) बाट प्रदेश सभामा निर्वाचित हुन् ।

पोखरेल पनि दुईपटक प्रदेश सभामा चुनाव जितिसकेकाले आफू नै मुख्यमन्त्री बन्नुपर्ने अडानमा छन् ।

‘कि नेतृत्वले सबैलाई मान्य हुने प्रस्ताव ल्याउनुपर्‍यो । होइन भने संघीयताको मर्मअनुसार प्रदेशलाई नै अधिकार दिनुपर्‍यो । आफ्नो निर्णय गर्न प्रदेश संसदीय दल सक्षम छ । अनुभवको विकास पनि हुन्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।

भर्खरै