नेभिगेशन
नेताका कुरा

सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट अलग हुन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार अहिले मौन बसेर होइन, जनतामाझ पुगेर सूचना संकलन गर्ने, संवाद बढाउने र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए । सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले देश र जनतालाई अभिभावकविहीन बनाउने अवस्था स्वीकार्य नहुने बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठड्याए हुन्छ । त्यो पनि गर्न सकिन्छ,’ उनले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २८२ सांसद हुनुहुन्छ, कोही न कोहीले देशको नेतृत्व गर्ला।’

Ncell
Extreme Energy

राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त प्रभावकारी रूपमा काम गर्न, नभए देश सञ्चालन गर्न नसक्ने स्वीकार गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘यो ढंगले अभिभावकविहीन बनेर देश चलाउन पाइँदैन । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइँदैन,’ उनले भने, ‘त्यसैले सरकार कि त मैदानमा उत्रिनुपर्‍यो, कि त सक्दिनँ भनेर जिम्मेवारी छाड्नुप¥यो ।’

सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक बोलाएको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा पनि गरे । सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने र त्यसको नेतृत्व सरकारले नै लिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै