नेभिगेशन
नेताका कुरा

एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा किन नदिने ?

काठमाडौं । नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले लिनुपर्ने भन्दै राजीनामाको विषय उठाएको छ ।

१४ दिनपछि बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चलेको घटनापछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको बताउँदै सुनसरी घटनामा पनि त्यही मापदण्ड लागू हुनुपर्ने तर्क गरिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरिन् ।

Ncell
Extreme Energy

अर्यालले सरकार शान्ति–सुरक्षा कायम गर्न असफल भएको आरोप पनि लगाइन् । दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले नै सर्वसाधारणमा त्रास फैलाएको उनको टिप्पणी थियो ।

‘देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ । दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ,’ उनले भनिन् । प्रतिनिधि सभा बैठक जारी छ । विभिन्न दलका सांसदहरूले सुनसरी घटनालगायत विषयमा धारणा राखिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...