नेभिगेशन
नेताका कुरा

कांग्रेसको प्रश्न– सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ । कांग्रेसले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ घटनापछि मौन बसेको आरोप पनि लगाएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले घटनाबारे सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै प्रश्न उठाइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?’ उनले सरकारसँग प्रश्न गरिन् ।

Ncell
Extreme Energy

थापाले सुनसरीको कप्तानगन्जमा एक नेपाली युवाको ज्यान गएको र दर्जनौँ व्यक्ति गोली लागेर घाइते भएको उल्लेख गर्दै घटनापछि सरकारको भूमिका नदेखिएकोप्रति चिन्ता व्यक्त गरिन् ।

‘एउटा परिवारले आफ्नो छोरा गुमाएको छ, एउटी आमाले आफ्नो कोख रित्याएकी छन्, एउटा बाबुले आफ्नो सहारा गुमाएका छन् । तर यति ठूलो घटनापछि पनि सरकार मौन छ,’ उनले भनिन् ।

यस्ता घटनामा विगतमा कडा प्रतिक्रिया जनाउने प्रधानमन्त्री र संसदमा भावुक हुने गृहमन्त्री अहिले मौन बसेको भन्दै थापाले यसले न्यायप्रतिको नागरिकको विश्वास र राज्यप्रतिको भरोसा कमजोर बनाएको बताइन् ।

उनले प्रधानमन्त्री बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा भदौ २३ को घटनापछि व्यक्त गरेको धारणा स्मरण गराउँदै अहिले प्रधानमन्त्री भएपछि व्यवहार परिवर्तन भएको आरोप पनि लगाइन् ।

‘एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ र?’ उनले प्रश्न गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै