नेभिगेशन
नेताका कुरा

देशको राजनीतिक अवस्था सहज छैन– प्रचण्ड


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो निर्वाचनमार्फत जनताले व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरे । निर्वाचनपछि बनेका सरकारका गतिविधिले जनताको विश्वास र अपेक्षालाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आ–आफ्ना धारणा राखेका छौं, त्यो राम्रो कुरा हो । तर गत निर्वाचनमा जनताले दिएको अभिमतअनुसार सरकार अघि बढ्न सकेको देखिँदैन,’ प्रचण्डले भने ।

Ncell
Extreme Energy

उनले सरकारका कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै परिस्थिति थप जटिल बन्दै जाने चिन्ता व्यक्त गरे ।

‘बरु दिनप्रतिदिन अवस्था अझ असहज हुने हो कि भन्ने चिन्ता व्यापक रूपमा देखिएको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...