नेभिगेशन
सबै कुरा

सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ। सुरुवाती समयमा नेप्से सूचक २१३३ विन्दुसम्म झरेको भएपनि अन्तिम समयमा हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक केहि बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार कारोबार रकम भने केहि घटेको छ। बुधबार ९ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

Ncell
Extreme Energy

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यता तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ७।३० प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ।यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।