नेभिगेशन
मुख्य समाचार

विधानको विषयमा गणेश कार्कीले लिखित असहमति बुझाएका हुन् ?

काठमाडौंँ ।  साउन १३ गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि बसेको पहिलो बैठकमा विधानमा 'छेडखानी' गरिएको भन्दै कुरा उठ्यो ।

केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा. तोसिमा कार्कीले महाधिवेशनमा पारित भएभन्दा भिन्न विधान छापिएको भन्दै आपत्ति जनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणेश कार्कीले चितवनमा असार ६ गते बसेको पुरानो केन्द्रीय समितिको अन्तिम बैठक र प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित गरिएको विधानभन्दा फरक प्रावधान छापिएर असार २२ गते सार्वजनिक गरिएको दाबी गरेका थिए ।
उनले त्यस बैठकमा विधानमा ‘कीर्ते’ गरिएको दाबी गरेका थिए ।

Ncell
Extreme Energy

विधानमा कीर्ते ढंगबाट गरिएको संशोधनबारे आफूले लिखित रूपमै धारणा राख्ने र त्यसका केही विषय बैठकमा पनि राख्ने भन्दै बोलेका थिए ।

कार्कीले लिखितरूपमै धारणा राख्ने भने पनि उनले पार्टी सभापति रवि लामिछाने र महामन्त्री विपिन आचार्यलाई त्यसको प्रति उपलब्ध गराएका छैनन् ।

कार्कीले राख्ने भनेको लिखित धारणाबारे हामीले महामन्त्री आचार्यलाई सोध्यौं ।

‘उहाँले बैठकमा आफ्ना कुरा राख्नेक्रममा विधानका केही प्रावधानबारे धारणा राख्नुभएको हो । त्यसबाहेक लिखितरूपमा मलाई केही पनि दिनुभएको छैन,’ उनले सिधाकुरासँग भने ।

उनले आफूलाई मात्रै नभई पार्टी सभापति र पार्टीलाई समेत संस्थागत हिसाबले लिखित धारणा नआएको बताए ।

‘मैले यसबारे पार्टी सभापतिसँग पनि कुरा गरेँ,’ उनले भने, ‘उहाँले पनि लिखित पाउनुभएको छैन ।’

लिखित दस्ताबेज बुझाएको भन्दै बाहिर ल्याइएको विषयप्रति पार्टी अनभिज्ञ रहेको पनि उनले बताए ।

कार्कीले त्यस बैठकमा विधानको धारा ६८ मा संसदीय दलका नेतालाई पदमुक्त गर्न सकिने प्रावधानको बुँदा नम्बर (ङ) मा प्रश्न उठाएका थिए ।

उक्त बुँदामा विधानको ११ (क) को (अ) को ३ अनुसार ‘पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा दल नेता पदमुक्त हुने’ व्यवस्था छ ।

यसले शंकालाई ठाउँ दिएको उनको भनाइ थियो । 

विधानको उक्त धारामा संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्था संसदीय दलभित्र लोकतान्त्रिक जवाफदेहिता र पदीय स्थिरता दुवैलाई सन्तुलनमा राख्न, विश्वव्यापी संसदीय मूल्यमान्यताका आधारमा संसदीय दलको नेताको पदमुक्ति र प्रत्याह्वानसम्बन्धी व्यवस्था गरिएको उल्लेख छ ।

पारित हुँदा ‘पदबाट लिखित राजीनामा दिएमा, निजको मृत्यु भएमा, निज सम्बन्धित संघीय संसद् वा प्रदेश सभाको सदस्य नरहे मा (सांसद पद खारेज भएमा वा कार्यकाल सकिएमा, निजले पार्टी त्याग गरेमा वा पार्टीबाट निष्कासित भएमा, सरकारको नेतृत्व गरिरहेको अवस्थामा सम्बन्धित संसद्को सदनभित्रै विश्वासको मत गुमाएमा, निजविरुद्ध संसदीय दलमा प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा पद रिक्त हुने’ व्यवस्था थियो ।

छापिएर आउँदा यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा दल नेता पदमुक्त हुने व्यवस्था थपिएको भन्दै छानबिन समिति बनाउनुपर्ने कार्कीको मत थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।