नेभिगेशन
पूर्वाधार

ऊर्जा क्षेत्रमा नयांँ आयाम : भूमिगत तारबाट बिजुली जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकहरुकोमा भूमिगत तारबाट विद्युत लाइन जोड्न थालेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कार्यभार सम्हालेसँगै भूमिगत तारबाट बिजुली वितरण गर्न पहल गरेका थिए । उनले मन्त्रालयको नेतृत्वको हिसाबमा नीतिगत तथा संरचना सहजीकरण गरेर छिटो काम गर्ने वातावरण बनाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमिगत तारबाट बिजुली प्रवाह भएसँगै मन्त्री श्रेष्ठले लेखेका छन्, 'चितवनको भरतपुरमा हावाहुरीसँगै विद्युत् अवरुद्ध हुने विगतको समस्या अब समाधानतर्फ अघि बढेको छ। भूमिगत विद्युतीकरणअन्तर्गत निर्माण सम्पन्न ११ केभी लाइनमा पहिलोपटक ‘लाइन चार्ज’ सुरु भएको छ। यो सुरक्षित, आधुनिक र भरपर्दो विद्युत् प्रणालीतर्फको महत्वपूर्ण कदम हो ।' विद्युत प्राधिकरणले जारी गरेको सुरक्षा सम्बन्धी सूचनालाई सबैले पालना गरी सुरक्षित रहन पनि उनले अनुरोध गरेका छन् । 

Marvel
Extreme Energy

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहीको घरमा लाइन जोडिसकेको छ । 

आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ । उनले भने, “अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ ।” 

भरतपुर महानगरपालिकाको छ लेन सडक र वाइपास सडकको २० किलोमिटर क्षेत्रफलमा भूमिगत पद्धतिबाट लाइन प्रसारण गरिने छ । यसमा एक हजार ३०० ग्राहककोमा भूमिगत विद्युतीकरणबाट विद्युत् वितरण गरिने उनले बताए । उनले भने, “ग्राहकको घरघरमा भूमिगत विद्युतीकरणबाट लाइन पुर्याएका छौँ, अब जडानको काम बाँकी छ ।”

अहिले केन्द्रीय बस ट्रमिनलबाट नहरचोकसम्म दाहिनेतर्फका घरहरू, गणेशस्थान क्षेत्र र चितवन मेडिकल कलेजबाट चौबिसकोठी क्षेत्रमा रहेका घरहरूमा भूमिगत विद्युतीकरणबाट विद्युत् वितरण गरिएको उनले जानकारी दिए । आँपटारीदेखि केन्द्रीय बस ट्रमिनल, केन्द्रीय बस ट्रमिनलदेखि पुलचोक, आँपटारीदेखि पोखरा बसपार्क र भरतपुर सबस्टेशनदेखि भाटभटेनी आडको नहरसम्म विद्युतीय तार भूमिगत गर्ने क्रम सम्पन्न भएको छ । सुवेदीका अनुसार अहिले परीक्षणका लागि बिजुली पास नहुनेगरी लोर्डमा चार्ज गर्ने कामहरू भइरहेको छ ।

बाइपास रोडको दुवैतर्फ गरेर नौ किलोमिटर, केन्द्रीय बस ट्रमिनलदेखि पुलचोकको दुवैतर्फ आठ किलोमिटरमा ३३ केभी, आँपटारीदेखि पोखरा बसपार्क एकतर्फ १.५ किलोमिटर ११ केभी र केन्द्रीय बस ट्रमिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर क्षेत्रफलमा एकतर्फी ३३ केभी लाइन भूमिगत रूपमा विस्तारको काम सकिएको उनले जानकारी दिए ।

उनकाअनुसार असोजसम्ममा भूमिगत विद्युतीकरणबाट विद्युत् पुर्याउने काम सम्पन्न हुनेगरी कामलाई अघि बढाइएको छ । उनले भने, “विद्युतीकरणका लागि आवश्यक काम सकिए पनि मौसमका कारण काममा कठिनाइ भएको हो ।”

कतिपय स्थानमा परीक्षण गर्ने क्रममा समस्या देखिने गरेको जनाउँदै उनले सामान्य कामबाहेक सबै काम सकिएको बताए । आज औद्योगिक फिडरको लाइनमा चार्ज गरिनेछ । ठेकेदार कम्पनीको तेस्रोपटक थप गरिएको समयसमेत सकिएकाले चौथोपटक म्याद थपका लागि पत्र आएको उनले बताए । यस विषयमा कति म्याद थप गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ ।

परियोजना भारतको टाटा प्रोजेक्टले सन् २०२४ को जनवरी १९ मा सक्नेगरी सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरिसकेको छ । भरतपुरको विद्युत् भूमिगत गर्नका लागि मात्र रु एक अर्ब ४० करोड बजेट विनियोजन भएको उनले बताए । बजेट बढेसँगै काम गर्ने क्षेत्र पनि विस्तार गरिएको थियो । आँपटारीदेखि पोखरा बसपार्क र भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिक रहेको नहरसम्मको क्षेत्रफल पछि थप गरिएको हो ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा रु तीन अर्ब हाराहारीमा काम भइरहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...