नेभिगेशन
पूर्वाधार

नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

काठमाडौँ । नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार बाराको अमलेखगञ्जमा सञ्चालनमा आएको नयाँ पीएससी पोल प्लान्टले नेपालमै गुणस्तरीय विद्युत् पोल उत्पादन गर्न थालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल दैनिक ९ मिटरका ४० वटा र ११ मिटरका २४ वटा पीएससी पोल उत्पादन भइरहेको छ । मंगलबार १३ मिटर पीएससी पोलको नमुना परीक्षणका लागि पहिलो कास्टिङ पनि सम्पन्न भएको छ, जसले आगामी दिनमा अझ ठूलो क्षमताका पोलसमेत स्वदेशमै उत्पादन हुने आधार तयार गरेको ऊर्जामन्त्री श्रेष्ठले बताए । 

Ncell
Extreme Energy

उनकाअनुसार यसअघि करिब ४० हजार रुपैयाँ पर्ने एउटा १३ मिटर पोल अब करिब २६ हजार ७०० मै उत्पादन गर्न सकिने भएको छ । यसले विद्युत् पूर्वाधार निर्माणको लागत उल्लेखनीय रूपमा घटाउने छ र सार्वजनिक स्रोतको अझ प्रभावकारी उपयोग सुनिश्चित गर्नेछ ।

मन्त्री श्रेष्ठ यसलाई ऊर्जा पूर्वाधारमा आत्मनिर्भरतातर्फ अर्को महत्वपूर्ण पाइला भनेर व्याख्या गर्छन् । 'यो केवल एउटा पोल उत्पादन गर्ने उद्योग होइन; यो स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आयातमा निर्भरता घटाउने र आत्मनिर्भर नेपालको ऊर्जा यात्रातर्फको महत्वपूर्ण कदम हो,' मन्त्री श्रेष्ठ भन्छन्, 'नेपालको ऊर्जा क्षेत्र अब केवल विद्युत् उत्पादनमा मात्र होइन, आवश्यक पूर्वाधार र सामग्री निर्माणमा पनि आत्मनिर्भर बन्दै अघि बढिरहेको छ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...