नेभिगेशन
पूर्वाधार

उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

२०५० सम्म मास ट्रान्जिटदेखि भूमिगत मार्गसम्म बनाइने

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ।

'जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना'ले सन् २०५० सम्म उपत्यकाको यातायात संरचनामा व्यापक सुधार गर्ने लक्ष्य राखेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार गुरुयोजनामा २२ वटा पूर्वाधार विकास कार्यक्रम र सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएका छन्।

Ncell
Extreme Energy

योजनाअनुसार चक्रपथमा मास ट्रान्जिट प्रणाली सञ्चालन, रत्नपार्क–भक्तपुर उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्ग विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट प्रणाली विकास गरिनेछ।

यसैगरी विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको दरबार क्षेत्रमा कार पार्किङ, साइकल लेन, ट्राफिक सुरक्षा तथा सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जाल र चक्रपथबाहिर पार्किङ सुविधा विस्तार गर्ने योजना पनि समेटिएको छ।

गुरुयोजनामा महाराजगञ्ज तथा चाबहिल–गौशाला क्षेत्रमा भूमिगत मार्ग, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघरमा आकाशे पुल, विष्णुमती नदी किनारमा तटीय सडक, सातदोबाटो–गोदावरी जोड्ने कर्मनाशा पुल, चक्रपथ विस्तार, थापाथली–त्रिपुरेश्वर पुल निर्माण तथा बागमती कोरिडोर स्तरोन्नतिका योजना पनि समावेश छन्।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौंको पूर्व–पश्चिम र उत्तर–दक्षिण यातायात सञ्जाललाई बलियो बनाउन वैकल्पिक मार्ग र प्रमुख चोकको पुनःसंरचना आवश्यक रहेको बताए। उनका अनुसार दीर्घकालीन सोचसहित पूर्वाधार विकास गर्न सके उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधान गर्न सहज हुनेछ।

गुरुयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको हो। यसले एकीकृत, सुरक्षित, वातावरणमैत्री र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली विकासका लागि दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...