नेभिगेशन
सबै कुरा

यस्तो छ गोरखा दरबार सङ्ग्रहालय (फोटो फिचर)

गोरखा । गोरखा बसपार्कबाट उकालो चढेपछि पहिला आउँछ रानीपोखरी । रानी पोखरी बाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्ले दरबार । नेपाल एकीकरण सुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको संग्रहालयले पनि उत्तिकै महत्व बोकेको छ। दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरू आफैंमा संग्रहालय जस्तो भए पनि संग्रहित गरिएका धेरै सामग्री तथा तस्बिरहरू संग्रहालयका अमूल्य निधि हुन्। संग्रहालयमा पृथ्वीनारायाणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन्। गोरखादरबार संग्रहालयमा राष्ट्रिय संग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा छन्। नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू संग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण झ्याल, टुँडाल, कलात्मक बरन्डा संग्रहालयका आकर्षण हुन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy



तस्विर : फाेटाे लाईब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...