नेभिगेशन
सबै कुरा

यस्तो छ गोरखा दरबार सङ्ग्रहालय (फोटो फिचर)

गोरखा । गोरखा बसपार्कबाट उकालो चढेपछि पहिला आउँछ रानीपोखरी । रानी पोखरी बाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्ले दरबार । नेपाल एकीकरण सुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको संग्रहालयले पनि उत्तिकै महत्व बोकेको छ। दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरू आफैंमा संग्रहालय जस्तो भए पनि संग्रहित गरिएका धेरै सामग्री तथा तस्बिरहरू संग्रहालयका अमूल्य निधि हुन्। संग्रहालयमा पृथ्वीनारायाणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन्। गोरखादरबार संग्रहालयमा राष्ट्रिय संग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा छन्। नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू संग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण झ्याल, टुँडाल, कलात्मक बरन्डा संग्रहालयका आकर्षण हुन।


Global Ime Bank



तस्विर : फाेटाे लाईब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै