नेभिगेशन
समाज

सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले तर्साएर आफू नतर्सिने बताएका छन् ।आज सानेपामा केन्द्रीय समितिको बैठक सुरु गर्दै सभापति थापाले विधानको सीमाभित्रै रहेर समस्या समाधान गर्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्नँ। फकाएर फकिन्नँ। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले अग्रज नेताहरुप्रति आफ्नो सम्मान रहेको बताउँदै सबैलाई मिलाएर लैजान संवाद भइरहेको पनि जानकारी दिए । 
सभापति थालो विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका आधारमा कसैमाथि भेदभाव नगरिने बताए। उनले कुनै पनि हालतमा महाधिवेशन नरोकिने बताउँदै असोजमा हुने १५ औं महाधिवेशनमा सबैलाई सहभागी गराउन अधिवेशनको कार्यतालिका भने हेरफेर हुनसक्ने संकेत गरे ।

Ncell
Extreme Energy

सभापति थापाले सर्वोच्च अदालतले जारी गरेको पछिल्लो आदेशको सम्मान गर्ने भन्दै सानका साथ मुद्दा लड्ने पनि बताए । 
आज सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता वितरण र अद्यावधिकको अवस्थाबारे जानकारी गराएका छन् ।

बैठकमा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ। पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ। यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि छलफल हुने बताइएको छ। पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा तथा सरकारका १०० दिन र प्रमुख प्रतिपक्षीय भूमिकाका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।

प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति र भ्रातृ संघहरूको विधान सम्बन्धमा पनि छलफल हुने महामन्त्री प्रदीप पौडेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यासको आयात बढिरहेकाले बजारमा ग्यासको अभाव नहुने जनाएको छ। संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
सुनकोशीमा भेटिएको शव तिलकुमारी पराजुलीको भएको पुष्टि, श्रीमान् अझै बेपत्ता

सुनकोशीमा भेटिएको शव तिलकुमारी पराजुलीको भएको पुष्टि, श्रीमान् अझै बेपत्ता

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली–ओखलढुङ्गा सीमास्थित सुनकोशी नदीमा फेला परेको छ ।
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्ति जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्...
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।