नेभिगेशन
पूर्वाधार

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

पश्चिम नवलपरासी । नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।

सुस्ता गाउँपालिका–५ को थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रूख आसपासको क्षेत्रमा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बुधबारदेखि चौबिसै घण्टा तटबन्ध निर्माणमा खटिएका छन् । उनीहरूले बोरामा बालुवा र माटो भरेर नाइलनको डोरीले बाँध्दै नदी किनारमा अस्थायी संरचना बनाइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार तत्काल गाउँलाई डुबान र नदी कटानबाट जोगाउन स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण भइरहेको छ ।

Marvel
Extreme Energy

‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो । स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ,’ उनले भने ।

केही दिनअघि स्थानीयले निर्माण गरेको अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या चर्चामा आएको थियो । त्यसपछि स्थानीय, प्रशासन र सम्बन्धित निकायबीच छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो ।

यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माणको तयारी गरेको थियो । तर भारतीय पक्षले माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने जनाउँदै निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ । त्यसपछि स्थायी संरचना निर्माण रोकिएको हो ।

अस्थायी तटबन्ध निर्माणका लागि नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ । स्थानीयले पनि आफ्नै स्रोतबाट बोरा, बालुवा र डोरी जुटाएर निर्माणलाई तीव्रता दिएका छन् ।

नदीको बहाव अझ बढ्न सक्ने भएकाले आवश्यक परे थप श्रम र सामग्री परिचालन गरी बस्ती सुरक्षित बनाउने तयारी रहेको जैसवालले बताए ।

सुस्ता क्षेत्रमा हरेक वर्ष नारायणी नदीको कटान र डुबानको जोखिम रहँदै आएको छ । स्थानीयले अस्थायी तटबन्धले तत्काल केही राहत दिए पनि दीर्घकालीन र स्थायी तटबन्ध निर्माण नभएसम्म वर्षायाममा जोखिम दोहोरिइरहने बताएका छन् ।

स्थानीयवासीले सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय गरेर स्थायी तटबन्ध निर्माण शीघ्र अघि बढाउन सरकारसँग माग गरेका छन् ।

Susta-__-824-1786337507.jpg

Susta-__-815-1786337502.jpg

Susta-__-821-1786337499.jpg

Susta-__-820-1786337495.jpg

Susta-__-818-1786337486.jpg

Susta-__-812-1786337483.jpg

Susta-__-816-1786337479.jpg

Susta-__-814-1786337475.jpg

Susta-__-822-1786337470.jpg

Susta-__-823-1786337467.jpg

Susta-__-819-1786337463.jpg

Susta-__-809-1786337463.jpg

Susta-__-813-1786337460.jpg

Susta-__-817-1786337460.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...