नेभिगेशन
पूर्वाधार

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।

जुरोपानी ३३/११ केभी सबस्टेशनलाई छुट्टै ३३ केभी लाइनबाट सञ्चालनमा ल्याइएपछि दमक र गौरादह वितरण केन्द्रबीचको प्रणालीगत निर्भरता घट्दै फल्टको प्रभाव न्यूनीकरण र आपूर्ति विश्वसनीयता वृद्धि भएको प्राधिकरणले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसबाट दमक फिडरको पूर्ण सञ्चालन, दमक तथा उर्लाबारी क्षेत्रको पावर इम्पोर्ट क्षमता वृद्धि र प्रणाली सञ्चालनमा सुधार हुने अपेक्षा गरिएको छ ।

Ncell
Extreme Energy

इटहरी–खनार क्षेत्रमा फिडर विभाजन तथा नयाँ जुट विकास फिडर निर्माणमार्फत लामो दूरीको एउटै फिडरमा रहेको भार घटाइएको छ।

यसले ओभरलोड तथा भोल्टेज ड्रप घटाउनुका साथै भार व्यवस्थापन, आपूर्ति पुनःव्यवस्थापन र विद्युत् गुणस्तरमा सुधार ल्याउने प्राधिकरणले जनाएको छ । 

यी सुधारहरूले दमक, गौरादह र इटहरी क्षेत्रमा थप भरपर्दो, गुणस्तरीय, सुरक्षित र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न योगदान पुर्‍याउने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...