नेभिगेशन
मुख्य समाचार

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले अहिलेको जिम्मेवारीमा रहेका युवाहरूले आफ्नो भूमिका इमानदारी र सुझबुझका साथ पूरा गर्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यसपटक छुटियो भने, बिग्रियो भने, गलत भयो भने वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताका युवाले हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन्,’ लामिछानेले भने ।

Ncell
Extreme Energy

उनले अहिलेको पुस्ता असफल भए युवाहरूलाई राजनीतिमा अवसर दिन नहुने र अनुभव नभएका व्यक्तिबाट राजनीति सम्भव नहुने किसिमको भाष्य बन्न सक्ने बताए ।

‘फेरि अर्को पटक भोलिका पुस्ताले युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन् । ऊर्जा र विश्वास पनि प्राप्त गर्ने छैनन्,’ उनले भने ।

लामिछानेले अहिले युवाले पाएको राजनीतिक अवसर व्यक्तिगत प्रतिष्ठा, प्रशंसा वा जयजयकारका रूपमा मात्र बुझ्न नहुने बताए । युवा सांसद र मन्त्रीहरूलाई आफ्नो पदमा रमाउनेभन्दा जिम्मेवारीको गम्भीरता बुझेर काम गर्न उनले आग्रह गरे ।

‘यो रमाउने बेला होइन, जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने ।

अहिलेको परिवर्तन सम्भव बनाउने युवाहरू नै आफ्नो जिम्मेवारीमा चुक्दा त्यसको सबैभन्दा ठूलो सिकार हुने उनको भनाइ थियो । इतिहासको यो जिम्मेवारीबाट भाग्न नचाहने हो भने इमानदार भएर काम गर्नुपर्ने उनले बताए ।

‘हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ भने हामीले इमानदार भएर काम गर्नुपर्ने हुन्छ,’ लामिछानेले भने ।

उनले आफू नेतृत्वमा रहेको दलका देश तथा विदेशमा रहेका कार्यकर्तालाई समेत अहिले पाएको प्रतिष्ठा र प्रशंसामै रमाउने अवस्था नरहेको बताए ।

‘हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन । हामी फ्रेस मात्र हौँ । तगडा हुन हामी बाँकी छ,’ लामिछानेले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको...
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।