नेभिगेशन
मुख्य समाचार

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले अहिलेको जिम्मेवारीमा रहेका युवाहरूले आफ्नो भूमिका इमानदारी र सुझबुझका साथ पूरा गर्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यसपटक छुटियो भने, बिग्रियो भने, गलत भयो भने वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताका युवाले हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन्,’ लामिछानेले भने ।

Ncell
Extreme Energy

उनले अहिलेको पुस्ता असफल भए युवाहरूलाई राजनीतिमा अवसर दिन नहुने र अनुभव नभएका व्यक्तिबाट राजनीति सम्भव नहुने किसिमको भाष्य बन्न सक्ने बताए ।

‘फेरि अर्को पटक भोलिका पुस्ताले युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन् । ऊर्जा र विश्वास पनि प्राप्त गर्ने छैनन्,’ उनले भने ।

लामिछानेले अहिले युवाले पाएको राजनीतिक अवसर व्यक्तिगत प्रतिष्ठा, प्रशंसा वा जयजयकारका रूपमा मात्र बुझ्न नहुने बताए । युवा सांसद र मन्त्रीहरूलाई आफ्नो पदमा रमाउनेभन्दा जिम्मेवारीको गम्भीरता बुझेर काम गर्न उनले आग्रह गरे ।

‘यो रमाउने बेला होइन, जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने ।

अहिलेको परिवर्तन सम्भव बनाउने युवाहरू नै आफ्नो जिम्मेवारीमा चुक्दा त्यसको सबैभन्दा ठूलो सिकार हुने उनको भनाइ थियो । इतिहासको यो जिम्मेवारीबाट भाग्न नचाहने हो भने इमानदार भएर काम गर्नुपर्ने उनले बताए ।

‘हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ भने हामीले इमानदार भएर काम गर्नुपर्ने हुन्छ,’ लामिछानेले भने ।

उनले आफू नेतृत्वमा रहेको दलका देश तथा विदेशमा रहेका कार्यकर्तालाई समेत अहिले पाएको प्रतिष्ठा र प्रशंसामै रमाउने अवस्था नरहेको बताए ।

‘हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन । हामी फ्रेस मात्र हौँ । तगडा हुन हामी बाँकी छ,’ लामिछानेले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।