नेभिगेशन
सबै कुरा

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

१५ भदौ, काठमाडौं-  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष  पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिएका छन्। 

City Express

त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताएका छन् ।

छ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए।  यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनले बताए। 

भेटघाटमा राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे। सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए।

त्यस्तै राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकामा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए। बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मिथानोल मिसिएको मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको कुवेतस्थित सञ्चारमाध्यमहरुले जनाएको छन् । जस मध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेत शाखाले जनाएको छ ।...
कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतस्थित नेपाली दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीनदिनमा मृत्युभएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ...