नेभिगेशन
पूर्वाधार

रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा अहिले अराजकता बढेको छ । सांसदहरु आफ्नै सरकारविरुद्ध तथ्य बंग्याएर दुष्प्रचार गर्ने र जनतालाई भ्रमित पार्नेगरी सार्वभौम सदनबाट बोलिरहेका छन् । 

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा तनहुँ २ बाट निर्वाचित सांसद श्रीराम न्यौपानेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठविरुद्ध तथ्य तोडमरोड गरी भ्रमपूर्ण आरोप लगाएका छन् । यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेविरुद्ध विषवमन गरेका न्यौपाने त्यहाँ पार नलागेपछि अब ऊर्जामन्त्री श्रेष्ठविरुद्ध खनिन थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई जलस्रोत विज्ञ बताउने न्यौपानेले स्वच्छ विद्युतीय भान्छातर्फ लैजाने ऊर्जा तथा जलस्रोत नीति, कानुन र सोचको अभाव रहेको आरोप लगाए । स्रोत, प्रविधि, जनशक्ति र निजी क्षेत्र तयार भए पनि स्पष्ट ऊर्जा दृष्टि, ठोस योजना र प्रभावकारी कार्यान्वयनको अभाव रहेको आरोप पनि लगाए ।

Ncell
Extreme Energy

'१० वर्षमा ३० हजार मेगावाट उत्पादन र प्रतिव्यक्ति १५ सय युनिट खपतको लक्ष्य हासिल गर्न स्पष्ट रोडम्याप चार महिनासम्म तयार हुन नसक्नुले समस्या इच्छाशक्ति र नेतृत्वको हो भन्ने प्रष्ट हुन्छ,' उनले मन्त्री श्रेष्ठको नेतृत्वमै प्रश्न उठाए । 

तर, उनले नीतिहरु के छ, कसरी कार्यान्वयन भइरहेको छ भनेर आफ्नै पार्टीको सरकारलाई सोध्न आवश्यक ठानेनन् । सिधै मन्त्रीमाथि आक्षेप लगाउन सदनको समय प्रयोग गरे । 

यद्यपि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट रोडम्यापमात्र होइन कार्यान्वयन पनि थालिसकेको छ । न्यौपानले उठाएका नीतिगत विषयलाई सम्बोधन हुनेगरी मन्त्रालयले नीतिगत र संरचनागत सुधार गरिरहेको छ । सुधारका लागि मन्त्री श्रेष्ठले ३२ बुँदे स्पष्ट कार्ययोजना बनाएर दृढ इच्छाशक्तिका साथ काम गरिरहेका छन् । आफ्नै पार्टीको मन्त्रीले रातदिन काम गरिरहेका बेला प्रोत्साहन गर्नुपर्ने मनोबल गिराउनेगरी सांसद न्यौपाने सदनमा प्रस्तुत भएका छन् ।

सत्तारुढ सांसदको दायित्व भएका कामलाई जनतासमक्ष पुर्याएर आशा जगाउने भए पनि न्यौपाने केही नभएको भनेर भ्रम फैलाउन लागेपछि उनका पछिल्ला गतिविधिप्रति सभापति रबि लामिछाने पनि सन्तुष्ट छैनन् । जलस्रोत क्षेत्रको विज्ञ इन्जिनियर भनेर सम्मान गर्दै टिकट दिएर सांसद बनाए पनि न्यौपानेको नकारात्मकताले भरिएको आचरणबाट संसदीय दलका पदाधिकारी पनि असन्तुष्ट छन् । 

मन्त्री श्रेष्ठले नीतिगत सुधार के के गरे? 

ऊर्जा मन्त्रालयकाअनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेपछि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक  तयार पारेको छ । यो विधेयक कानुन मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषद् पुगेको छ । क्याविनेटले पास गरेपछि अब संसद जानेछ । सांसद न्यौपानेलाई थाहा हुनुपर्छ कि कानुन आजको भोलि बन्दैन । कम्तीमा पनि ६ देखि ८ महिनाभन्दा बढी लाग्छ । तर उनी पाँच महिनामा नीतिगत सुधार भएन भनेर आक्षेप लगाइरहेका छन् । 

मन्त्रालयले जलस्रोत विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । जलस्रोत नियमावली संशोधन गर्दैछ । यसैगरी सिँचाइ तथा नदी व्यवस्थापन विधेयक तयार पारेको छ । सिँचाइ तथा नदी व्यवस्थापन नियमावलीको मस्यौदा पनि बनिरहेको छ । 

यसैगरी नीतिगततर्फ मन्त्री श्रेष्ठको नेतृत्वमा जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रको तालिम कार्यक्रमको मापदण्ड स्वीकृत भएको छ । 

ऊर्जा खपत तथा निर्यात रणनीति २०८३ स्वीकृत भइ कार्यान्वयन भइरहेको छ । यो न्यौपानेले उठाएको स्पष्ट नीतिको प्रश्नसँग सम्बन्धित छ । मन्त्रालयले कार्यान्वयनमा लगिसकेको छ, तर उनी सदनबाट भन्दैछन् स्पष्ट रोडम्याप नै तयार भएनन् । जुन प्रथम दृष्टिमै झुट सावित हुन्छ । 

यसैगरी मन्त्रालयले तराई सिंचित कृषि प्रवर्द्धन मोडेलका लागि मार्गदर्शन स्वीकृत गरेको छ ।

यसैगरी अनियमित र अव्यवस्थित काठमाडौ उपत्यकाको भूमिगत जलस्रोतको दोहन सम्बन्धि अध्ययन प्रतिवेदन तयार भएको छ । 

सुरुङ निर्णय टिबीएमको प्रयोग र भूमिगत संरचनाको निर्माण सम्बन्धि अध्ययन प्रतिवेदनको मस्यौदा तयार भएको छ । 

रानीजमरा कुलरिया सिंचाइ आयोजनाको विद्युत गृह लगायत सिंचाइ प्रणालीको सञ्चालन तथा व्यवस्थापन कम्पनीको प्रवन्धपत्र र नियमावली स्वीकृत भइ कार्यान्वयनमा आएको छ । 

मन्त्री श्रेष्ठले नीतिगत सुधार र संरचनागत सुधारमा पूर्ण रुपमा केन्द्रीत भइ काम गरिरहेका बेला पार्टीकै सांसदले वास्तविकता भन्दा पर गएर निरुत्साहित सन्देश प्रवाह हुनेगरी सदनमा विषय उठाएपछि सचिवालयले असन्तुष्टि जनाएको छ । यस विषयमा संसदीय दलमा कुरा राखिने सचिवालय सदस्यले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
किन बोलाइयाे रास्वपा संसदीय दलको बैठकमा मन्त्रीहरूलाई

किन बोलाइयाे रास्वपा संसदीय दलको बैठकमा मन्त्रीहरूलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।