नेभिगेशन
सबै कुरा

नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए । 

Marvel
Extreme Energy

बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए । 

यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए । 

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेका भारत र बङ्गलादेश तथा सो समूहबाट सुपर सिक्समा प्रवेश गर्ने बाँकी अर्को टोलीसित दोस्रो चरणको खेल खेल्ने छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...