नेभिगेशन
समाज

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो । सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सुक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिएका थिए ।

Ncell
Extreme Energy

बाढी आएको ११ दिनपछि बेत्रावतीबाट गरिएको उद्धार उदाहरणीय बनेको थियो । अझै थप सफलता प्राप्त गर्न सकिने आशासहित केही दिन खोज तथा उद्धारलाई तीव्र बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
 
उनकाअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भई बाढीमा परेर हराइरहेकाको खोजतलास गरिएको छ । सो क्रममा आइतबार विदुर–१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा थप एक गरेर तीनवटा शव फेलापरेको छ ।

“आवश्यक परेमा नेपाली सेनाको सहयोग रहनेगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरेर बाढीबाट क्षतिग्रस्त भएकादेखि पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोज उद्धारलाई तीव्र बनाउन थालेका छौँ”, उनले भने, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई अनुरोध गर्दछौँ ।”

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या नुवाकोटमा मात्रै दुई हजार ६७३ जना छन् । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको हुँदा हराउनेको सङ्ख्या थप बढ्न सक्छ ।

बाढीले जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको मुख्य बस्ती रहेका क्षेत्र वेत्रावती, भैसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत बगरमा परिणत भएको छ । ठूलो जनधनको क्षति भएको छ । 

बाढीले धेरैको घर पुरिएको तथा बगाएर अर्को स्थानमा पुर्याएकाले हराइरहेका व्यक्तिको जीवन बचाउन सकिने आशाका साथ संयुक्त सुरक्षा फौजले खोज, उद्धारलाई तीव्र पारेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्...
रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।