नेभिगेशन
सबै कुरा

विवादित मेयरको महायज्ञमा राष्ट्रपति अतिथि !

वीरगंज । वीरगंज महानगरका विवादित मेयर राजेशमान सिंहको धार्मिक कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागिएको छ । अर्थ मन्त्रालयले रोक लगाएको चिनी कारखानाको जग्गामा मेयर सिंहले माघ २८ गते महायज्ञ लगाउन तयारी सुरु गरेका छन् । 

नक्कली बाबु बनेर नागरिकता दिएको आरोपमा प्रशासनले छानबिन गरिरहेको विवादित मेयर नेतृत्वकाे महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि हुने भन्दै वीरगंजमा प्रचार गरिएको छ । जानकारहरुका अनुसार आफ्नो विवाद ढाकछोप गर्न मेयरले धार्मिक कार्यक्रमको आयोजना गरेका हुन र त्यसमा राष्ट्रपतिलाई अतिथि बनाउने भनिएको छ । सरकार विभिन्न निकायले भोग चलन नगर्न भनेको सरकारी स्वमित्वको चिनी कारखानाको जग्गामा महायज्ञको तयारी गरिएको छ । 

CG

अर्थ मन्त्रालयले २०८० मंसिर २२ गते पत्र लेख्दै चिनी कारखानाको जग्गामा भइरहेको अतिक्रमण रोक्न वीरगंज महानगरपालिकालाई निर्देशन दिएको थियो । तर, मेयर राजेशमान सिंहले माघ २८ गतेका लागि सीताराम संगकिर्तन १०८ कुण्डीय बिष्णु महायज्ञ सोही स्थानमा गराउन लागेका छन् ।  

कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगंजबाट संरक्षण तथा रेखदेख हुँदै आएको महानगरको माताहतमा नरहेको चिनी कारखानाको क्षेत्रभित्र महानगरपालिकाले शिवको मूर्ति स्थापना, मन्दिर सौन्दर्यीकरण, विभिन्न मण्डप, कुण्ड निर्माणको काम गरिरहेको छ । अर्थ मन्त्रालय,समान्य प्रशासन मन्त्रालय र उद्योग मन्त्रालयले सो स्थनमा स्थायी निर्माण कार्य नरोकिए स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीको चेतावनी दिदैँ कारखानाको जग्गामा भइरहेको निर्माण रोक्न, अतिक्रमण हुन नदिन पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयले पत्रमा भनेको थियो,‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ५(५) मा जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने काम, कर्तव्य अधिकार प्रमुख जिल्ला अधिकारीको भएको र सार्वजनिक जग्गा नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैले भोग चलन गर्ने अनुमति दिनु हुँदैन ।’

वीरगंजमा राष्ट्रिपति सहभागी हुने भन्दै धार्मिक कार्यक्रमको तयारी तिब्र पारिएपछि यसबारे राष्ट्रपति कार्यालयले पनि चासो देखाएको छ ।  राष्ट्रपति कार्यालयले वीरगंजमा हुने कार्याक्रमबारे जानकारी नभएको र कार्यक्रममा सहभागिताबारे कुनै निर्णय नै नभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । ‘वीरगंजको कार्यक्रमबारे हामीलाई जानकारी छैन्,’ राष्ट्रिपतिका प्रेस संयोजक पोखरेलले भने ,‘’अहिलेसम्म त्यहाँ जानेबारे कुनै कार्यक्रम र निर्णय भएको छैन। वीरगंजका मेयरले किन फोसबुकमा यो विषय कसरी सार्वजनिक गरे थाहा छैन ।’

सरकारी निकायले छानबिन गरिरहेको र सार्वजनिक रुपमा विवादित व्यक्तिले आयोजनमा गर्ने कार्यक्रममा सकेसम्म सहभागी नहुने नीति राष्ट्रपति कार्यालयको रहेको पनि पोखरेलले बताए । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...