नेभिगेशन
खेलाडीका कुरा

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो। सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे।

Ncell
Extreme Energy

सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन-३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ। सम्झौता तीन वर्षको लागि भएको हो। 

पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले गत सिजनदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए।

'यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो। एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौं,' उनले भने। साथै मल्लले पल्मबरले क्रिकेट विकासको लागि गत सिजनदेखि नै आफै अग्रसर भएर कर्णाली याक्ससँग जोडिनु भएको र निरन्तर सहयोगका लागि धन्यवाद पनि दिए। 

जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले  'गत सिजनदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं। कर्णाली याक्ससँगको हाम्रो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने हाम्रो प्रतिबद्धता पनि हो। आगामी दिनमा पनि कर्णाली याक्ससँगको सहकार्यलाई थप बलियो बनाउँदै लैजाने विश्वास लिएका छौं,' उनले बताए। 

अक्टोबर २६ देखि सुरू हुने एनपिएल-३ सुरू हुँदैछ। यसको लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई पनि आबद्ध गरिसकेको छ‌।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलाडीका कुरा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...