नेभिगेशन
समाज

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । पक्राउ परेका शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका हुन् ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।

पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।