नेभिगेशन
पूर्वाधार

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

काठमाडौं । बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका अनुसार कतिपय जलविद्युत् आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

Ncell
Extreme Energy

चार दिनको वर्षापछि आएको बाढीले कालीगण्डकी करिडोरअन्तर्गत दाना–कुश्मा २२० केभी प्रसारण लाइनमा क्षति पुर्‍याउँदा ७ वटा जलविद्युत् आयोजनाको कुल १९०.४ मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ।

प्रभावित आयोजनामा निलगिरि–१ (३८ मेगावाट), निलगिरि–२ (२१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) छन्।

दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण आएको प्राधिकरणले जनाएको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध रहेकाले प्रभावित संरचनाको विस्तृत निरीक्षणमा समेत कठिनाइ भएको छ।

प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनासमेत प्रभावित भएका छन्। आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्था गरेर ती आयोजनाको विद्युत् केही दिनभित्र सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको अनुमान छ।

राहुघाट सञ्चालनमा आउन १० दिन लाग्ने

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा समेत पानी पसेको छ। पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आइसकेका छन्। १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

केही जिल्लामा विद्युत् सेवा अझै अवरुद्ध

बाढीपहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो।

म्याग्दी, बागलुङ, झापुटार र रुकुम पूर्वमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा सोमबार साँझसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत् सेवा सञ्चालन गर्ने गरी प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ।

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीतर्फ करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

सुख्खायाममा भारतबाट ११५४ मेगावाटसम्म आयात गर्ने योजना

आगामी सुख्खायाममा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ।

प्राधिकरणका अनुसार सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ। त्यसमा भारतबाट करिब १ हजार १५४ मेगावाट आयात गर्ने योजना छ।

ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ।

आन्तरिक उत्पादन र आयात जोड्दा सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
भोटेकोशी–त्रिशूली बाढीबाट विद्युत् क्षेत्रमा ७४ अर्बको क्षतिको प्रारम्भिक अनुमान

भोटेकोशी–त्रिशूली बाढीबाट विद्युत् क्षेत्रमा ७४ अर्बको क्षतिको प्रारम्भिक अनुमान

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको...
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको उक्त भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा...
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै...