नेभिगेशन
पूर्वाधार

मौलिकताको आँगनमा पर्यटनको पाइला : सिङ्दी गाउँ

लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली। वरिपरि हरियाली पहाड र शान्त वातावरण। लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

Marvel
Extreme Energy

विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा विसं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो। होमस्टे भने औपचारिक रूपमा विसं २०८१ मा दर्ता भएको हो। गाउँका २३५ घरमध्ये अहिले १८ घरमा घरबास सञ्चालन भइरहेको छ।

सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार यहाँ आउने पर्यटक प्रायः एक रात बस्ने गर्छन्। समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको रोजाइमा सिङ्दी पर्न थालेको छ। नियमित रूपमा पर्यटक नआए पनि महिनामा करिब १०० जनासम्म आउने गरेको उनले बताए।

“पहिला पर्यटक खासै आउँदैनथे। गुरुङ सम्पदा पदमार्गमा जोडिएपछि विस्तारै पर्यटक आउन थालेका छन्,” उनले भने, “विशेषगरी कलेजका युवा तथा विभिन्न समूह बनाएर आउने क्रम बढेको छ।”

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिङ्दीमा घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक कार्यक्रम पर्यटकलाई देखाउने गरिएको छ। गुम्बा तथा देवीस्थान मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक स्थल पनि यहाँका आकर्षण हुन्।

होमस्टेमा स्थानीय उत्पादनबाट तयार पारिएका चामल, कोदो, सागसब्जी, लोकल कुखुरालगायत परिकारलाई प्राथमिकता दिइन्छ। एक रात बसाइको प्याकेजका लागि प्रतिव्यक्ति १ हजार १०० रुपैयाँ लिने गरिएको अध्यक्ष गुरुङले बताए।

सिङ्दीको पर्यटकीय सम्भाव्यता होमस्टेमा मात्र सीमित छैन। गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ। कास्कीको ताङतिङ हुँदै क्रपु डाँडा, लमजुङका विभिन्न गुरुङ बस्ती पार गर्दै मनाङको तिमाङसम्म पुग्ने पदमार्गमा सिङ्दी पनि समेटिएको छ।

पुरानो पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्कलाई पर्यटनसँग जोड्ने यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडातर्फ पदमार्ग जोड्ने काम भइरहेको छ। यस क्रममा करिब १ हजार ३०० मिटर सिँढी निर्माण भइसकेको छ। बाँकी बाटोलाई व्यवस्थित गर्ने काम अघि बढाइएको छ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले सिङ्दीको पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग विकासलाई प्राथमिकता दिएको छ। स्थानीय उत्पादनबाट अचारलगायत वस्तु तयार गर्ने तथा पर्यटनसँग सम्बन्धित सीपमूलक तालिम सञ्चालन गर्नुका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारलाई पनि जोड दिइएको उनले बताए।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा तथा प्रवेशद्वारलगायत संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ।

पर्यटनसँगै गाउँको सामाजिक जीवनमा पनि परिवर्तन आएको स्थानीय बताउँछन्। ६६ वर्षीय योगप्रसाद गुरुङका अनुसार होमस्टे सञ्चालन भएपछि घरआँगनको सरसफाइ र घरको व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ। आम्दानीको स्रोत थपिनुका साथै गाउँको प्रचारप्रसार पनि बढेको उनले बताए।

“पहिला खेतीपातीमै बढी निर्भर हुनुपर्थ्यो। गाउँ पनि धेरै चिनिएको थिएन। अहिले होमस्टे सञ्चालन भएपछि आम्दानीको स्रोत थपिएको छ। पर्यटक आउन थालेपछि गाउँको प्रचारप्रसार पनि भएको छ,” उनले भने।

सडक तथा पदमार्गको पहुँच विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिसँगै सिङ्दी गाउँ पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको छ।

आधुनिक सुविधा विस्तार हुँदै गए पनि पुस्तौँदेखि जोगिँदै आएको संस्कार, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीलाई संरक्षण गर्न सके सिङ्दीले आफ्नो मौलिकता कायम राख्दै पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा

पछिल्लो दशकको तथ्यांकले दुर्घटनाको समस्या कति तीव्र छ भन्ने देखाउँछ। सन् २०१५ मा ९ हजार १४५ दुर्घटना भएका थिए। सन् २०२२ मा यो संख्या बढेर २४ हजार ५३७...
भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो। अब बिहान ५ बजेपछि मात्रै...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक...