नेभिगेशन
नेताका कुरा

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

काठमाडौँ । कांग्रेसको १५औं महाधिवेशन केही दिन पर सार्न अहिले केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ । कांग्रेसले असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँको खुलामन्चमा १५औं महाधिवेशन गर्ने तयारी गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, एक महिनायताका दुई दुई वटा प्राकृतिक विपत्तिका कारण समयमै तल्लो तहका अधिवेशन नसकिने निष्कर्षमा पुगेपछि कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको हो । 

Ncell
Extreme Energy

सहमहामन्त्री उदय शमशेर राणाले अहिले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको जानकारी दिए । ‘महाधिवेशन सार्ने कन्फर्म भइसकेको छैन, सार्ने किन नसार्ने, सारे कति दिन सार्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ’ उनले भने । 

कांग्रेसले वडा, पालिका र क्षेत्रीय अधिवेशन गरेर महाधिवेशन गर्ने तालिका बनाइएको थियो । तालिका अुनसार वडा र पालिका अधिवेशन भइसके पनि क्षेत्रीय अधिवेशन भने जारी नै । असोज १० गतेका लागि क्षेत्रीय अधिवेशन तोकिए पनि वर्षा, बाढी र पहिरोका कारण क्षेत्रीय अधिवेशनका लागि आज (१३गते) सम्मका लागि समय दिइएको थियो । अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन भइरहेको छ । 

तर, केही विवादित र विपद् प्रभावित क्षेत्रमा भने क्षेत्रीय अधिवेशन भइसकेको छैन । कांग्रेसमा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । 

अहिलेकै अवस्थामा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि असोज १६ गतेसम्म काठमाडौँ आइपुग्न नसक्ने निष्कर्षमा नेताहरु पुगेका छन् । 

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर २१ गते सुरु गर्ने भन्नेमा नेताहरुबीच सहमति भइसकेको छैन । 

कांग्रेसले महाधिवेशनका लागि अन्य दलका शीर्ष नेताहरुलाई निम्तो पठाइसकेको छ । यदि महाधिवेशनको मिति परिवर्तन गरिए यसअघि जो जसलाई निम्तो पठाइएको थियो, उनीहरुलाई फेरि अर्को निम्तो पठाउनु पर्ने एक नेताले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...