नेभिगेशन
नेताका कुरा

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तालिका थियो । अब १८ गतेदेखि २१ गतेसम्म महाधिवेशन हुने छ । 

Ncell
Extreme Energy

बाढी, पहिरो लगायत प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशनहरु निर्धारित मितिमा हुन नसकेको र महाधिवेशन प्रतिनिधिहरु पनि काठमाडौँ आउन सक्ने अवस्था नदेखिएपछि महाधिवेशन सारिएको कांग्रेसले जनाएको छ । 

आज कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाली कांग्रेस १५ औं महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्। यसैबीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ। यस परिस्थितिलाई मध्यनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’

कांग्रेसले आज अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दैछ । वडा, पालिका र क्षेत्रीय अधिवेशन गरेको कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।