नेभिगेशन
पूर्वाधार

बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्लाका मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभाग तथा सम्बन्धित निकायको २०८३ असोज १७ गते बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाका मुख्य राजमार्गहरू भदौ १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्। अर्को सूचना नभएसम्मका लागि सडक सञ्चालनमा आउन नसकेको विवरणमा उल्लेख छ।

Ncell
Extreme Energy

मनाङमा बाढीका कारण असोज ८ गतेदेखि बेंसीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। त्यस्तै बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था छ।

हुम्लाको नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुंगामा पहिरोका कारण सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।