नेभिगेशन
पूर्वाधार

बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्लाका मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभाग तथा सम्बन्धित निकायको २०८३ असोज १७ गते बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाका मुख्य राजमार्गहरू भदौ १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्। अर्को सूचना नभएसम्मका लागि सडक सञ्चालनमा आउन नसकेको विवरणमा उल्लेख छ।

Ncell
Extreme Energy

मनाङमा बाढीका कारण असोज ८ गतेदेखि बेंसीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। त्यस्तै बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था छ।

हुम्लाको नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुंगामा पहिरोका कारण सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।