नेभिगेशन
सबै कुरा

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री दाहाल

१६ भदौ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियान अन्तर्गत चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ’, उनले भने । उनले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताए।

Ncell
Extreme Energy

‘अहिले विदेशमा रहेका तीन लाख बढी श्रमिक यो योजनामा समावेश भएका छन्, यो छिट्टै २५ लाखको आसपास पुग्ने अवस्था छ’, उनले भने, ‘विदेशमा गएका मात्र होइन, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न थालेका छौँ, यसले ५० लाख नेपाली कोषमा आबद्ध हुने ढोका खुलेको छ ।’

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटरब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ । ‘वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ’, उनले भने, ‘माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।’

उनले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गरे। ‘म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु’, उनले भने ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमी कमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रुपान्तरण गर्नुपर्ने बताए । ‘अभियानका क्रममा मात्र होइन, अब माओवादी जनताभन्दा टाढा बसेर दिन बिताउने छैन, जनताको साथमा, घरघरमा पुग्नेछौँ’, उनले भने, ‘प्राप्त उपलब्धिका बारेमा जनतालाई प्रशिक्षित गर्दै सुझाव लिनेछौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।