नेभिगेशन
सबै कुरा

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

१६ भदौ, काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुर्याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ ।

Ncell
Extreme Energy

वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने जनाइएको छ ।

यसैगरी वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य (जस्तै टुर एन्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने, वायुसवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्याकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मतसम्भारको तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था गरिएको छ । पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने जनाइएको छ ।

‘नो अब्जेक्सन लेटर’ पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व एवं निजी वायुसेवा कम्पनीले जिम्मेवार म्यानेजर र पोष्ट हाल्डर नियुक्त गर्न नपाउने, प्राधिकरणले वायुसेवा कम्पनीको अकाउन्टटेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गर्ने पनि उक्त दशौँ संशोधनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।