नेभिगेशन
पूर्वाधार

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

काठमाडौँ । बूढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको छ । बाढीले आरूघाट गाउँपालिका वडा–९ पर्ने पुल बगाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार समेत खाली गराइएको छ । 
 बूढीगण्डकी नदीमा जलसतह खतरा तहभन्दा माथि रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।

Ncell
Extreme Energy

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम छ। उक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ।

त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले उच्च सतर्कतामा बस्न भनिएको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आइतबार बिहान आएको बूढीगण्डकीको भीषण बाढीले घर, बजार, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। नदी थुनिएर एक्कासि खुलेपछि आएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...