नेभिगेशन
समाज

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

काठमाडौँ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७।० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । बिहीबार राति १०ः३३ बजे गएको भूकम्पपछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने राहत कार्य पनि जारी छ ।

Ncell
Extreme Energy

चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले सार्वजनिक गरेको दृश्यमा भूकम्पपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको र सुपरमार्केटका सामानहरू दराजबाट खसेको देखिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको सिन्ह्वाले जनाएको छ । बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताउनुभएको छ । भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । 

सिसिटिभीका अनुसार प्रभावित क्षेत्रमा तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारिएको छ । उद्धारका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना कर्मचारी परिचालन गरिएको सिन्ह्वाले जनाएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनभित्र खोजी गरिरहेका छन् भने थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारी गरिएको छ ।

चीनमा भूकम्प जाने घटना तुलनात्मक रूपमा सामान्य मानिन्छ । यसअघि सन् २०२५ को जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाको मृत्यु भएको थियो ।

सन् २०१४ मा दक्षिणपश्चिमी युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यस्तै, सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए । तीमध्ये करिब पाँच हजार विद्यार्थी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको...
सौराहामा आन्तरिक पर्यटक घटे

सौराहामा आन्तरिक पर्यटक घटे

यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...