नेभिगेशन
समाज

सौराहामा आन्तरिक पर्यटक घटे

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो । 

Marvel
Extreme Energy

यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताए । उनले भने, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।”

वर्षाका कारण पुनःबाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उहाँको अनुमान छ । यससँगै भोटेकोशी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ । 

अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनले अपेक्षा व्यक्त गरे । भोटेकोशी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले बताए। नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ । 

होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउँछन् । उनले भने, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।” 

शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।” 

विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उनले बताए । अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उनी बताउँछन् । उनले भने, “पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ ।” 

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउने आफूहरु आशावादी भएको बताउँछन् । दसैँको समयमा विदेशी पर्यटक केही आएको उनले बताए । भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ । 

व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन् । भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरुले व्यहोरेका थिए । 

वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटलमा विदेशी पर्यटकले भरिएको बताउँछन् । उनले भने, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ ।” जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उनी बताउँछन् । 

स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताए । भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उनले बताए । उनले भने, “जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरु सौराहा पनि आउन थालेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्ने गर्दछन् । यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रमा ती पर्यटक बस्ने गर्दछन् । तिनै क्षेत्रबाट हात्ती, जिप, डुङ्गा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरु रुचाउँछन् । एकसिङ्गे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ । यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।