नेभिगेशन
समाज

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च शिक्षाको गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित र पठनपाठन प्रभावकारी बनाउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच शुक्रबार भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनलाई अघि बढाउने विषय उठाइएको हो।

Marvel
Extreme Energy

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षाध्यक्ष प्राडा अन्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए।

छलफलमा त्रिविको संस्थागत पहिचान र शैक्षिक ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठन प्रभावकारी बनाउने र विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको थियो।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको थियो।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्नेमा जोड दिँदै उनले क्याम्पसको दीगोपन र शैक्षिक गुणस्तर कायम राख्नुपर्ने बताए।

झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने बताए। त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।

छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो।

त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए।

उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।

WhatsApp-Image-2026-11-13-at-14.21.49-1794559112.jpeg

WhatsApp-Image-2026-11-13-at-14.21.47-1794559112.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा चहलपहल बढेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा र आस्थाको पर्व मनाउन व्रतालु तथा श्रद्धालुहरूको प्रतीक्षामा गौरीघाट सजिन...
पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ।
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।