नेभिगेशन
समाज

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

जियुक्वान (चीन) । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गरेका हुन् । अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

Marvel
Extreme Energy

यस अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ । पाकिस्तानमा प्रक्षेपणको खुसीयालीमा सर्वसाधारणले ‘पाकिस्तान–चीन मित्रता दीर्घायु होस्’ भन्दै उत्सव मनाएका थिए ।

पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले भविष्यमा दुई देशबीच अन्तरिक्ष क्षेत्रमा अझ व्यापक सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे । उनले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्‍याएको बताए ।

यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो । चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ । अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नेछन् र शेन्झाउ–२३ मार्फत पृथ्वी फर्कनेछन् ।

अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसक्नुभएको छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ । एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (पीएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले संघीय संसद् संसदीय सुनुवाइ समितिका सभापति एवं रास्वपा सांसद बोधनारायण श्रेष्ठसँग बैंककमा भेट...
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।