नेभिगेशन
समाज

सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

बैंकक । थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (पीएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले संघीय संसद् संसदीय सुनुवाइ समितिका सभापति एवं रास्वपा सांसद बोधनारायण श्रेष्ठसँग बैंककमा भेट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा पीएनओका संयोजक कुमार कार्कीले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको मातृभूमि नेपालप्रतिको माया, भावनात्मक सम्बन्ध र नेपालको विकासमा योगदान पुर्‍याउने चाहनाबारे प्रकाश पारे।

Marvel
Extreme Energy

उनले विदेशमा रहेका सबै नेपाली मूलका व्यक्तिलाई मातृभूमिप्रतिको अपनत्व र पहिचानको अनुभूति गराउन नेपाल सरकारले पीएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरे। सोही मागसहितको अनुरोधपत्रसमेत उनले सभापति श्रेष्ठलाई हस्तान्तरण गरे।

त्यसैगरी, नेपालमा अध्ययन गर्न चाहने नेपाली मूलका विद्यार्थी, हाल नेपालमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकले भोग्नुपरेका भिसासम्बन्धी व्यावहारिक समस्याबारे पनि ध्यानाकर्षण गराइएको थियो। नेपाल आवतजावतलाई सहज बनाउन आवश्यक भिसा सहुलियतको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ।

एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकालले थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले नेपाल भ्रमणका क्रममा भोग्नुपरेका समस्या तथा नेपालको विद्यमान भिसा नीतिबारे धारणा राखेका थिए। उनीहरूले विश्वका विभिन्न मुलुकले आफ्ना डायस्पोराप्रति अपनाउँदै आएका नीति तथा उपलब्ध गराउँदै आएका सुविधासँग नेपालको नीतिको तुलना गर्दै नेपाली मूलका व्यक्तिहरूका लागि पनि सहज व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा उठाइएका विषय तथा मागलाई सकारात्मक रूपमा लिँदै सभापति श्रेष्ठले नेपाली मूलका नागरिक तथा विद्यार्थीहरूले भोगिरहेका समस्याप्रति आफू संवेदनशील रहेको बताए। उनले प्रस्तुत माग तथा सुझावलाई नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मातृभूमि नेपाल र विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, उनीहरूको पहिचान सुनिश्चित गर्ने तथा नेपाल आवतजावतलाई सहज बनाउने विषयमा भएको उक्त भेटघाटलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।