नेभिगेशन
सबै कुरा

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । 

लगानी योग्य रकम अधिक तरलता  हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए ।  राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने,‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजिगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

CG

सरकारको पुँजिगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उहाँले पुँजि चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए । 

पुँजिगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ, ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्रबैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ,’ अध्यक्ष मल्लले भने,‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ ।’ उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...