नेभिगेशन
सबै कुरा

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगानी योग्य रकम अधिक तरलता  हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए ।  राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने,‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजिगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

Ncell
Extreme Energy

सरकारको पुँजिगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उहाँले पुँजि चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए । 

पुँजिगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ, ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्रबैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ,’ अध्यक्ष मल्लले भने,‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ ।’ उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै